अनियमितताका घटनामा हाँगाबिँगा मात्र काटेर हुँदैन : लामिछाने
भक्तपुर । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनकाण्डको जरैसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणा सभामा उहाँले सरकारले जरैसम्म पुगेर काम गरे रास्वपाले विरोधका लागि विरोध नगर्ने तर अनियमितताका घटनामा हाँगाबिँगा मात्र काटेर बस्न नहुने बताउनुभयो ।
उहाँले कुनै पनि काण्डमा फाइलका दुई चार पाना मात्र नभई पछिल्ला पानासम्मै खोल्नुपर्ने बताउनुभयो ।

सुनकाण्ड गम्भीर विषय भएको भन्दै उहाँले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको बताउनुभयो ।
सरकारको भ्रष्टाचार विरोधी कदमलाई आफूहरूले सहयोग गरे पनि फाइदाका रूपमा नलिन उहाँले आग्रह गर्नुभयो । कुनै विषयलाई गहिराइसम्म पुगी निष्कर्षमा पुर्याउने साहस लिए सरकारलाई साथ दिने उहाँको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्