तपाईँ सुन्दै हुनुहुन्छः

बाँकस्थित राप्ती नदीले चेतावनीको तह पार गर्‍यो

नेपालगञ्ज । बाँकेस्थित राप्ती नदीले चेतावनीको तह पार गरेको छ । कुसुमस्थित जल मापन केन्द्रका अनुसार दिउँसो साढे ३ बजे पानीको सतह ६.१६ मिटर पुगेको छ । राप्ती नदीमा पानीको सतहले ६ मिटर पार गरेमा सतर्कता तह र ७.८ मिटर पार गरेमा खतरा तह मानिन्छ ।

राप्ती नदीमा पानीले खतरा तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

यसैबीच जिल्ला विपद व्यवस्थापन समिति बाँकेले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज एक सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्ने जस्ता नगर्न आग्रह गर्नुभएको छ । राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेको सूचना जल तथा मौसम विज्ञान विभागले दिएको उल्लेख गर्दै आचार्यले सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button