तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको इटली भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको भ्रमण स्वीकृत गरेको हो । 

बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटलीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा साउन ६ गते इटाली प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुनुहुनेछ । 

यसैगरी, मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । 

बैठकले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा सोही अस्पतालका डा.रवि मल्ललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । 

आज बिहान बालुवाटारमा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा त्यहाँ कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलको इटलीको भ्रमणलाई समेत स्वीकृत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button