तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा: दुई विधेयक बहुमतले पारित 

काठमाडौँ I राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित गरेको छ । 

बैठकले दुवै विधेयकमाथि दफावार छलफलपछि सुझाव विना बहुमतले पारित गरेर पुनः प्रतिनिधिसभामा फिर्ता पठाएको हो । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० दफावार छलफलका लागि आज सभामा प्रस्तुत गर्नुभएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक साउन १ गते सोमबार दिउसो १ बजेर १ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button