तपाईँ सुन्दै हुनुहुन्छः

दाहालको निधनप्रति अध्यक्ष तिमिल्सिनाद्वारा शोक ब्यक्त 

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सिता दाहालको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमल्सिनाले दिवङ्गत दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै  शोकसन्तव्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । ‘सम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ज्यूकी जीवन सँगिनी सीता दाहालको उपचारका क्रममा आज बिहान भएको निधनको खबरले अत्यन्तै दुखी भएको  छु। दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। दुःखको यश घडीमा सम्माननीय प्रधानमन्त्री तथा वहाँको शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’तिमिल्सिनाले लेख्नुभएको छ । 

प्रधानमन्त्री पत्नी दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा  उपचारका क्रममा ६९ वर्षको उमेरमा  निधन भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button