तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीका विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम उपयोगी र प्रभावकारी 

पोखरा । कास्कीमा विपन्न बस्तीमा मुख्य मन्त्री कार्यक्रम उपयोगी र  प्रभावकारी भएको एक स्थानीय लाभग्राहीहरूले  बताएका छन् । 

सो कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अवस्था निरीक्षण गर्दै उक्त कार्यक्रमको  कास्की जिल्ला संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अति विपन्न जनताको आर्थिक स्तर सुधार्न प्रदेश सरकारले ल्याएको कार्यक्रम सफल रूपमा कार्यान्वयन भएकोमा खुशी व्यक्त गर्नुभयो । पौडेलले विपन्नहरूको आय आर्जनमा जग बसाउन ल्याइएको कार्यक्रमबाट पूर्ण लाभ लिँदै भविष्यमा व्यवसाय बिस्तार हुनेगरी व्यावसायिक कृषि प्रणाली अबलम्बन गर्ने पूर्वाधार निर्माणका लागि निरन्तर प्रयासरत हुन  स्थानीय कृषकहरूलाई आग्रह गर्नुभयो ।

कृषि उपजबाट समृद्ध नेपाल सुखी नेपालीको अवधारणा साकार हुनेहुँदा  यो कार्यक्रमको सफलताले नै भावी अन्य कार्यक्रम समेत  आकर्षित हुनु नहुने कुरा निर्धारण गर्ने हुँदा सफल बनाउन सबैलाई आग्रह गर्नुभयो 

कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले कुल लागतको ९० प्रतिशत प्रदेश सरकार र बाकी दस प्रतिशत रकम लाभग्राही स्वयंले बेहोर्ने गरि सञ्चालित कार्यक्रम परिणाम उन्मुख र सफल देखिनुले अब समृद्धिका दिन धेरै टाढा नभएको आफूहरूलाई महसुस भएको उल्लेख गर्नुभयो।

बरालले केही गर्ने इच्छा शक्ति भएका तर लगानी तथा अन्य कारणले आफ्नो आर्थिक अवस्था सुधार गर्न नसकेका जनताको लागि यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

कृषि ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारीले रूपाको इस्लामिक कृषि समूहलाई करिब बाइस लाख रुपैयाँको लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर ,तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा वितरण गरिएको  जानकारी दिनुभयो । 

त्यसैगरी अधिकारीले मादीका  गाउँ  पालिका वडा न  ७ स्थित थाक गाउँमा   करिब बाइस लाख रुपैयाँकै लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर ,तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा वितरण गरिएको  जानकारी दिनुभयो । 

रूपा गाउँपालिकाका मिया गाउँका स्थानीय अगुवा तथा समाजसेवी सबाबक्स मियाले विपन्न वर्गको उत्थानका लागि सहयोगी कार्यक्रम ल्याएकोमा प्रदेश सरकारलाई आभार प्रकट गर्दै यी र यस्ता जनहितकारी कार्यले नै नेपालमा सङ्घीयताको औचित्य पुष्टि हुँदै जाने उल्लेख गर्नुभयो।

त्यस्तै मादी थाक बस्तीका स्थानीय लाभग्राही कृषक

थाक विपन्न वर्ग तरकारी उत्पादन  कृषि  समूहकी  अध्यक्ष पदम कुमारी कोइरालाले आफूहरूको पीडा बुझ्ने प्रदेश सरकार भएको अनुभूति आफूहरूलाई भएको भन्दै यो अवसरको उच्चतम  सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विपन्न जनताको बसोबास भएको बस्तीको पहिचान गरि आर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्तर्गत  कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र मार्फत जनताको आयस्तरमा सुधार ल्याउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लामा सो कार्यक्रम सञ्चालित छ।

जसअन्तर्गत  अन्तर्गत कास्की  जिल्लामा  रूपा गाउँपालिका वडा न ६ को मिया गाउँस्थित  इस्लामिक कृषि समूह  र मादीका  गाउँपालिका वडा न ७   स्थित थाक गाउँका विपन्न  बस्ती चालू आर्थिक वर्ष २०७९/८०मा  छनोटमा परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button