२२० विपन्न तथा चेपाङ घरधुरीलाई खाद्यान्न वितरण
चितवन । सामाजिक संस्था लिटिल फ्लावर सोसाइटीले माडी नगरपालिका ९ स्थित बांँदरझुलाका विपन्न तथा चेपाङ समुदायका २२० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ ।

हरेक घरधुरीलाई १ बोरा चामल र ३ केजी दाल वितरण गरिएको लिटिल फ्लावर स्कुल सहेरी, नवलपरासीका प्राचार्य फादर रोवी क्युले जानकारी दिनुभयो । त्यस अवसरमा ती परिवारका १७५ विद्यार्थीलाई पोषण सामाग्री पनि वितरण गरियो ।

गत साता पनि स्कुलले शक्तिखोर र मकवानपुरको राक्सीराङ्गका विपन्न तथा चेपाङ समुदायलाई खाद्यान्न वितरण गरेको थियो ।

कार्यक्रममा सोसाइटीका निर्देशक फादर विविन, फादर ज्याकव, फादर रिन्स र सचिव गोविन्द पौडेल सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष घनश्याम दवाडी पनि उपस्थित हुनुहुन्थ्यो ।
कोरोना कालमा पनि सोसाइटीको सक्रियतामा चितवन, मकवानपुर र नवलपरासीमा गरी १ करोड भन्दा बढीको खाद्य तथा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्