बागमती प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर । प्रतिपक्षी दलको लगातारको अवरोध पछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज दिउसो बस्ने भएको छ । प्रदेश सरकारले असार १ गते संसदमा प्रस्तुत गरेको बजेटमाथिको छलफलका लागि आज बैठक बोलाइएको हो ।
प्रदेशसभाको बैठक आज दिउसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी दल राप्रपा लगायतका दलहरूले सरकारले पक्षपाती ढंगले बजेट ल्याएको भन्दै बैठक चल्न दिएका थिएनन् । दुई दिन सम्म बैठक चल्न नदिएपछि संसद् बैठक आजका लागि सारिएको थियो । प्रदेशसभामा रहेका दलहरू मध्य प्रतिपक्षी दलहरूले बजेट पुनर्लेखन गर्नुपर्ने माग गरेका छन्, भने सत्ता पक्षका दलहरू बहुमतको आधारमा बजेट पारित गर्ने तयारीमा रहेका छन् । यस्तोमा आजको बैठक सञ्चालन हुने÷नहुने अन्यौल नै छ ।







प्रतिक्रिया राख्नुहोस्