संसदमा आफ्नो पार्टीको उपस्थिति अझ बढी मर्यादित र प्रभावशाली हुन्छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीको उपस्थिति अझ बढी मर्यादित र प्रभावशाली हुने बताउनुभएको छ ।
पार्टीको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै सभापति लामिछानेले पार्टी सङ्गठन मजबुद बनाउँदै संसदमा आम नागरिकका मुद्दाहरूलाई प्राथमिकता दिँदै अध्ययन, अनुसन्धान, तथ्य सहित मर्यादित र बलियो उपस्थिति बनाउन सक्रियतापूर्वक लाग्ने बताउनुभयो ।
सभापति लामिछानेले सदनको वादविवाद तथा छलफलमा मात्र सहभागी नभई सकारात्मक र परिष्कृत उपस्थितिको लागि पार्टी सजग भएर अघि बढ्ने बताउनुभयो ।
सो अवसरमा पूर्व बैँकर अनिल केसरी शाह पार्टी प्रवेश गर्नुभएको छ । शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।







प्रतिक्रिया राख्नुहोस्