जुम्लामा ढुङ्गामा थिचिएर एक महिलाको मृत्यु
जुम्ला । जुम्लामा ढुङ्गाले थिचिएर एक महिलाको मृत्यु भएको छ । गुठिचौर गाउँपालिका ४ की ४५ वर्षीया सत्यदेवी अधिकारीको ढुङ्गाले थिचिएर सोमबार मृत्यु भएको हो ।
उखाडी गाउँको सादनी सिँचाइ कुलो निर्माणको काम गरिरहेकै अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिनुभयो ।
घाइते अवस्थामै उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । तर प्रतिष्ठानमा उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्