तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभामा आर्थिक सर्वेक्षण पेश

मकवानपुर । बागमती प्रदेश सभाको आजको बैठकमा बागमती प्रदेशको आर्थिक सर्वेक्षण पेश भएको छ ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९/८० पेश गर्नुभएको हो ।

आर्थिक सर्वेक्षण पेश भएलगत्तै प्रदेश प्रमुख भुवन कुमार पाठकले प्रदेश सभाको अर्को बैठक असार १ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गर्नुभएको थियो । शुक्रवारको बैठकमा प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेट प्रस्तुत हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button