महोत्तरीको मटिहानी नगरपालिकामा जग्गा कित्ता काट सुरु

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेको वर्गीकरण गरेको जग्गाहरू मङ्गलबारदेखि सबै जग्गाको कित्ताकाट खुल्ला भएको जानकारी गराइएको छ ।
मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डलले सोमवार एक कार्यक्रम बीच भू-उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न भएको सार्वजनिक गरेको छ ।
नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरूलाई कृषि क्षेत्रतर्फ १६८६.७१८ हेक्टर, व्यावसायिक क्षेत्रतर्फ १७.६२८ हेक्टर, सांस्कृतिक क्षेत्रतर्फ २.४०० हेक्टर, नदीजन्य र पोखरी क्षेत्रतर्फ ६४.७७६ हेक्टर, औद्योगिक क्षेत्रतर्फ २६.८४२ हेक्टर, सार्वजनिक क्षेत्रतर्फ ६५.६९४ हेक्टर र आवासीय क्षेत्रतर्फ १०५४.७७४ हेक्टर जग्गा वर्गीकरण गरेको छ ।
नगरपालिकाले वर्गीकरण गरेको जग्गाहरू जम्मा ३४ हजार ३ सय ९७ कित्ता रहेको छ। भू-उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी पालिकाको स्थानीय भू-उपयोग परिषद्ले क्षेत्राधिकार भित्रको जग्गाको भू-उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरेको कुरा मटिहानी नगरपालिकाका इन्जिनियर विमलेश साहले बताउनु भयो ।
जग्गा कित्ताकाट रोकिएको कारण वर्षौँदेखि सास्ती भोग्नुपरेको थियो साथै विभिन्न कामहरू गर्न र गराउन नपाएका मटिहानी नगरवासीहरुले आज मङ्गलबारदेखि जग्गा सम्बन्धी कामहरू गर्न पाउने भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्