तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक गर्मीका कारण कोहलपुरमा विद्यालयमा थप तीन दिन बिदा

नेपालगञ्ज । अत्यधिक गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाले जेठ २८ गतेदेखि ३० गतेसम्म तीन दिन गर्मी बिदा थप गरेको छ । 

अत्याधुनिक गर्मी बढेपछि पहिलोपटक ३ दिन र थप २ दिन गरी जम्मा ५ दिन गर्मी बिदा गरेको कोहलपुर नगरपालिकाले पुनः ३ दिन गर्मी बिदा थप गरेको हो ।

अत्यधिक गर्मीले साना(साना बालबालिका बढी प्रभावित भएको भन्दै नगरपालिकाले जेठ २२ ,२३ र २४ गरी ३ दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो भने पुनः २५ र २६ गते बिदा थप गरेको थियो । अझै पनि मौसममा सुधार नआएको भन्दै नगरपालिकाले जेठ २८,२९ र ३० गते गरी ३ दिन गर्मी बिदा थप गरेको कोहलपुर नगर शिक्षा शाखाले जनाएको छ ।

बाँके जिल्लामा एक सातायता अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि पुगेको छ । 

भौतिक संरचना राम्रो नभएका कतिपय विद्यालयमा विद्यार्थीहरू बिरामी हुने, बेहोस हुने जस्तो अवस्था देखिएपछि कोहलपुर लगायत बाँके जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button