तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको गाैशाला नगरपालिकाले गरेको शिक्षक सरुवा वैधानिक : उच्च अदालतको ठहर

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकाले गरेको शिक्षक सरुवा वैधानिक रहेको उच्च अदालत जनकपुरले फैसला सुनाएको छ ।

बिहीबार उच्च अदालत जनकपुरले गौशाला नगरपालिकाले शिक्षक सरुवा गरेको शिक्षा सञ्चालन व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेको कार्यविधि, २०७५ को दफा २० को एवं गौशाला नगरपालिकाको शिक्षक व्यवस्थापन तथा विषयगत दरबन्दी मिलान कार्यविधि २०८० को परिच्छेद ४ को ४.४ बमोजिम कामकाजमा खटाउन सकिने र कामकाजमा खटाइएका शिक्षकहरूको विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको उच्च अदालतको निर्णयमा उल्लेख गरिएको छ ।

गौशाला नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयमा कार्यरत ९९ जना शिक्षकहरूलाई ज्येष्ठ २ गते नगरपालिकाले काज सरुवा गरे पछि गौशाला नगरपालिकाको शिक्षकहरूले गरेको सरुवा अवैधानिक रहेको भन्दै उच्च अदालत जनकपुरमा दिएको मुद्दाको सुनवाइ गर्दै यो फैसला सुनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button