सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षण सुरु

चितवन । पूर्वी चितवनको रत्ननगरमा सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम आइतबारदेखि सुरु भएको छ । महिला सशक्तिकरण तथा परिवर्तनशील संस्था नेपाल रत्ननगर शाखाले आयोजना गरेको सो कार्यक्रममा ५८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रकला पनेरुले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा उहाँले महिला सशक्तीकरणबाट मात्र सामाजिक रूपान्तरण सम्भव रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा इन्द्रराज भट्टराई र अधिकारकर्मी संगिता भट्टराईले महिला सशक्तिकरण र सामाजिक रुपान्तरणका बारेमा सहजीकरण गर्नुभएको थियो ।
संस्थाकी रत्ननगर शाखा अध्यक्ष सीता नेपालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य सानु भण्डारी, रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरे, वडा नम्बर १४ का वडा सदस्य चमेली परियार, इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी, शिक्षक प्रतिनिधि मन्जु सिंखडा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम दुई दिन सम्म चल्ने छ ।









प्रतिक्रिया राख्नुहोस्