तपाईँ सुन्दै हुनुहुन्छः

नामकरणपछि कोशी प्रदेशसभाको पहिलो बैठक बस्दै

विराटनगर । प्रदेशको नामकरणपछि पहिलो पटक कोशी प्रदेशसभाको बैठक आज बस्दै छ ।

आइतबार बस्ने दोस्रो प्रदेश सभाको पहिलो बजेट अधिवेशनको पहिलो बैठकमा दुईवटा विधेयक पेस हुने छन्।

बैठकमा प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश निजामती सेवा ऐन पहिलो संशोधन अध्यादेश र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेशलाई प्रदेश सभामा पेस गर्ने कार्यसूची पास गरिएको संसद् सचिवालयले जनाएको छ।

प्रदेश सभाको आइतबारको बैठकमा नै प्रचलित प्रदेश ऐनहरूमा रहेको प्रदेश १ लाई संशोधन गरी कोशी प्रदेश कायम गर्ने विधेयक पनि आज नै पारित गर्ने कार्यसूची छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button