सार्वभौमसत्ता खलल पार्ने कार्य अस्वीकार्य : लेबनानी प्रधानमन्त्री
बेरुत। लेबनानी सरकारले देशको सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि अभिव्यक्तिलाई अस्वीकार गर्ने बताएको छ । कार्यवाहक प्रधानमन्त्री नाजिब मिकातीले इरान समर्थित हिजबुल्लाह समूहले आइतबार गरेको सैन्य अभ्यासलाई सङ्केत गर्दै सो धारण सार्वजनिक गर्नु भएको हो ।
अहिले सरकारले सबै लेबनानी क्षेत्रमा सुरक्षा स्थायित्व जोगाउन जोड दिइरहेको छ र यसलाई अस्थिर बनाउँन चालिने कुनै पनि कदमको दृणतापूर्वक प्रतिकार गरिने मिकातीले बताउँनु भएको छ ।
अरामताको दक्षिणी गाउँमा भएको यो अभ्यासमा सैन्य चौकीमा हिजबुल्लाह आक्रमण, ड्रोन आक्रमण, मोटरसाइकलमा सवार हिज्बुल्लाह लडाकुहरूको परेडका साथै सशस्त्र सवारी साधन, रकेट लन्चर, मोर्टार तोपखाना, र विरोधी सेनाको प्रदर्शनी समावेश गरिएको तर्फ लेबनान सचेत रहेको बताइएको छ ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्