तपाईँ सुन्दै हुनुहुन्छः

झापामा जङ्गली पोथी हात्ती मृत भेटियो

भद्रपुर, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३, बुधबारेमा एउटा जङ्गली पोथी हात्ती मृत फेला परेको छ ।

बुधबारेको शितलचोकका एक जना किसानको खेतमा आज बिहान सो हात्ती मृत फेला परेको हो । 

करिब २५ वर्षको पोथी हात्तीको विद्युतीय करेन्टका कारण मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । 

हात्तीको मृत्युबारे अनुसन्धान गर्न कोशी टप्पु वन्यजन्तु आरक्षबाट टोली बोलाइएको डिभिजन वन कार्यालयका अधिकृत जीवन पाठकले बताउनुभयो ।

योसहित यस वर्ष मात्र झापामा विद्युतीय करेन्टका कारण दुई वटा हात्तीको मृत्यु भइसकेको छ भने गत वर्ष तीन वटा हात्ती त्यसरी नै मारिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button