मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु

सिरहा । सिरहास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मेशिन मर्मत गर्ने क्रममा दुर्घटनामा परी निधन भएको छ ।
कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेका बेला भारतको मध्य प्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षीय मजदुर अनुराग तिवारीको मृत्यु भएको हो ।
मेसिन मर्मत गर्ने क्रममा बेल्टले दाहिने पाखुरा काटिएर घाइते भएका तिवारीको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घाइते तिवारीलाई उद्धारमा ढिलाइ भएको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले आरोप लगाएको छ । युनियनका प्रतिनिधिहरूले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन् । उद्योगमा कार्यरत मजदुरहरूको उचित सुरक्षाको व्यवस्था नहुँदा सानो दुर्घटनामा पनि मृत्यु हुने गरेको उनीहरूको भनाई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्