तपाईँ सुन्दै हुनुहुन्छः

आज चार्ल्स तृतीयको राज्याभिषेक

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आज (शनिवार) हुँदै छ । 

लन्डनस्थित वेस्टमिन्स्टर एबीमा ७ दशकपछि हुन गइरहेको राज्याभिषेक समारोहमा विभिन्न देशका २ हजार भन्दा बढी पाहुनालाई आमन्त्रण गरिएको छ । 

राज्याभिषेक समारोहमा एक सय भन्दा बढी देशका राज्य प्रमुख सहभागी हुने भएकाले लन्डनको सुरक्षा कडा बनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । 

समारोहमा राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट कमिलालाई राजमुकुट पहि¥याइने छ । 

सन् १०६६ यता बेलायतमा यसरी राजमुकुट पहिरिने उहाँ ४० औँ शासक हुनुहुनेछ ।  लण्डनमा आज वर्षा हुने पूर्वानुमान गरिएपनि हजारौँ संख्यामा जनताहरू भेला भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button