गोरखामा २० औँ सवा लाख रोट महोत्सव सुरु
गोरखा । जिल्लामा आजदेखि २० औँ सवा लाख रोट महोत्सव सुरु भएको छ । त्यस अवसरमा सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा कलशसहित गोरखनाथ मन्दिरसम्म सम्म रथयात्रा समेत गरिएको थियो ।

रोट महोत्सव जेठ १ गतेसम्म रहने केन्द्रले जनाएको छ । गुरु गोरखनाथको मनपर्ने खाद्य वस्तुका रुपमा रोटलाइ लिइने गरिन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ । गहुँ, जौ र धेरैजसो चामलको पिठोलाई आगोमा पोलेर वा तेलमा तारेर रोट बनाउने गरिन्छ ।

महोत्सवमा रोट चढाउने, देवी देवताको पूजा, विशेष हवन, भजनकीर्तन लगायतका गतिविधि हुने गर्दछ । महोत्सवमा करिब २५ हजार भक्तजनले अवलोकन गर्ने अपेक्षा गरिएको छ । गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ ।






प्रतिक्रिया राख्नुहोस्