तातोपानी नाका आजदेखि दुईतर्फी सञ्चालन (तस्बिरहरू )

सिन्धुपाल्चोक।उत्तरी नाका तातोपानी आजदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरूप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।

आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो ।

गत महिना नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठक पछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुचारु भएको छ ।

सिन्धुपाल्चोक १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो सुचारु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने जानकारी दिनुभयो ।










प्रतिक्रिया राख्नुहोस्