रेडियो नेपालकर्मी अविरल सम्मानित

काठमाडौँ । रेडियो नेपालका कार्यक्रम सञ्चालक राम थापा (अविरल) लाई म्युजिक खबर स्रष्टा सम्मान–२०७९ बाट सम्मान गरिएको छ ।
काठमाडौँमा आज आयोजित दशौँँ म्युजिक खबर म्युजिक अवार्ड –२०७९ का अवसरमा अविरललाई सम्मान गरिएको हो ।
अविरललाई दुई दशकभन्दा लामो समयदेखि अनवरत रुपमा नेपाली चलचित्र एवं आधुनिक सङ्गीतमा नवीनतम प्रयोग तथा सदाबहार सिर्जनामार्फत नेपाली गीत सङ्गीतको सम्बद्र्धन, प्रवद्र्धन र विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्