निजामती अस्पतालको स्तरोन्नतिका लागि चीनले गरेको सहयोगप्रति प्रधानमन्त्री दाहालद्वारा आभार व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको निजामती कर्मचारी अस्पतालको स्तरोन्नतिका लागि चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ ।
निजामती कर्मचारी अस्पताल, चिनियाँ दूतावास र ग्वाङ्जाओ इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीले आयोजना गरेको हस्तान्तरण समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री दाहालले प्रविधि हस्तान्तरण र विशेष अस्पतालहरूकाे विकास लगायतका स्वास्थ्य क्षेत्रका विषयहरूमा नेपाल र चीनबीच थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
निजामती कर्मचारी अस्पतालले स्तरोन्नति परियोजना मार्फत पूर्वाधार र सुविधाको विस्तार र स्तरोन्नति गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सक्षम भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।
यसैबीच, चीनले ब्लड क्यान्सरको उपचारका लागि अस्पताललाई प्रविधि उपलब्ध गराउन सहमत भएको अस्पताल श्रोतले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्