प्रादेशिक अस्पतालका निर्देशकलाई नहटाउन उच्च अदालतको आदेश
जनकपुरधाम । उच्च अदालत जनकपुरले डा. प्रमोद यादवलाई प्रादेशिक अस्पताल जनकपुरको निर्देशकको रुपमा कामकाज गर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीश ढालकुमार खड्काको इजलासले डा. यादवलाई निर्देशकको रुपमा कामकाज गर्न आदेश दिएको हो । डा. यादवले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयविरुद्ध उच्च अदालत जनकपुरमा उत्प्रेषण मुद्दा दायर गर्नुभएको थियो । न्यायाधीश खड्काको एकल इजलासले उहाँको पक्षमा फैसला सुनाएको हो ।
निवेदनको अन्तिम किनारा नलागुन्जेल प्रदेश सरकार मन्त्रीपरिषद् कार्यालयको पत्र हाल कार्यान्वयन नगर्न विपक्षीको नाउँमा मुलुकी देवानी संहिता, २०७४ को दफा १५८ एवं उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।
अदालतको आदेशपछि प्रादेशिक अस्पतालका निर्देशक डा. यादव पुनः प्रादेशिक अस्पतालको कामकाजमा फर्किनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्