तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा सम्पन्न मेयर कपको उपाधि जनकपुर क्रिकेटलाई

जनकपुरधाम । जनकपुरधाममा भएको जनकपुरधाम मेयर कप टि –२० क्रिकेट प्रतियोगिताको उपाधि जनकपुरधाम क्रिकेट टिमले जितेको छ ।

जनकपुरधामको रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको फाइनल खेलमा बारालाई ५ विकेटले हराउँदै जनकपुरधाम क्रिकेट टिमले मेयर कप जितेको हो ।

टस जितेर बाराले ब्याटिङ गरेकोमा निर्धारित २० ओभरको खेलमा ११४ रन बनाएको थियो । प्रतिउत्तरमा ११५ रनको लक्ष्य सहित ब्याटिङ गर्न आएका जनकपुरधाम क्रिकेट टिमले निर्धारित ओभर भन्दा अगाडी नै पाँच विकेटको क्षतिमा लक्ष्य भेटाएर मेयर कपको उपाधि हासिल गर्‍यो ।

८ विकेट र ८० रन बनाएका जनकपुर टिमका विशाल सुसलिङ्गले वेष्ट अफ दि टुर्नामेन्ट खेलाडीको उपाधि हासिल गरे भने २२ बलमा अर्ध शतक बनाउने काठमाडौँ टिमका गजेन्द्र बोहराले फाष्टर ब्याट्स म्यानको उपाधि हासिल गरे । उनीहरूले १० हजार नगद, ट्रफी र मेडल प्राप्त गरे ।

प्रतियोगितामा विजयी जनकपुरधाम क्रिकेट टिमले २ लाख ५१ हजार नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बारा क्रिकेट टिमले १ लाख ५१ हजार नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्‍यो ।

विजयी टिमलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शिल्ड, नगद, पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । उपविजेता टिमलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह तथा संघीय सांसद मनिष झाले नगद, शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button