सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ मा एकल र संयुक्त गरी ७ वटा संशोधन दर्ता

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ मा एकल र संयुक्त गरी ७ वटा संशोधन दर्ता भएको छ ।
चैत २७ गते सोमबार सभामुख देवराज घिमिरेले विधेयकमाथि संशोधन गर्न चाहने सांसदका लागि प्रतिनिधिसभा नियमावली बमोजिम दिनुभएको ७२ घण्टाको समय भित्र १३ जना सांसदहरुले ७ वटा संशोधन दर्ता गराउनु भएको हो ।
प्रतिनिधि सभाको चैत २७ गते सोमबारको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
विधेयक स्वीकृत भएसँगै सांसदलाई संशोधन राख्नका लागि दिइएको ७२ घण्टाको समय आज अपराह्न ४ बजे सकिएको संघीय संसद् सचिवालयको विधेयक शाखाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्