धौलागिरि बेसक्याम्प नजिकै हेली एभरेष्टको हेलिकोप्टर दुर्घटना

पोखरा । धौलागिरि बेसक्याम्प नजिकै हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
इटालियन बेसक्याम्पबाट धौलागिरि बेस क्याम्पमा सामान लिएर गएको हेलिकोप्टर धौलागिरि बेसक्याम्प नजिकै आज बिहान दुर्घटनामा परेको हो ।
इटालियन बेसक्याम्पबाट धौलागिरि बेस क्याम्पमा सामान लिएर गएको हेली एभरेष्टको हेलिकोप्टर आज बिहान ११ः०० बजे दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
दुर्घटनामा परेको हेलिकोप्टरका पाइलट प्रिया अधिकारी भने सकुशल रहेको र उहाँको अवस्था सामान्य रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्