सहिद प्रतिष्ठानको अध्यक्षमा चापागाईँ

काठमाडौँ । सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईँ चयन हुनुभएको छ ।
प्रतिष्ठानको १३ औँ साधारण सभाबाट चापागाईँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा हेमराज शर्मा, महासचिव युवराज चौलागाइ, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन हुनुभएको छ । समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी रहेको छ ।
प्रतिष्ठानमाताहत देशका विभिन्न स्थानमा सहिद स्मृति आवासीय विद्यालयहरू सञ्चालन हुँदै आएका छन् । साधारण सभाले उच्च तथा प्राविधिक शिक्षामा जोड दिँदै विद्यालयहरूलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
साधारण सभाको उद्घाटन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्