तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ टेबुल 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट पारित गरेर सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८” र “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८”टेबुल गर्नुभएको छ । 

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन -२०७८/२०७९ आषाढ” पेश गर्नभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिमा रहने सांसदहरूको नाम मनोनयन गर्नुभयो । 

यसअघि, बुधबार बसेको सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसदहरुबीच भएको सहमति अनुसार सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button