पाल्पाको बल्ढेङ्गढीमा सेनाको अध्ययन भ्रमण

पाल्पा । नेपाली सेनाले ऐतिहासिक बल्ढेङ्गढी किल्लाको अध्ययन भ्रमण गरेको छ ।
ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवक अधिकृत सहित १ सय ५ जनाको समूहले पाल्पाको ऐतिहासिक बल्ढेङ्गढीको अध्ययन भ्रमण गरेका हो ।
सैनिक ब्याटल स्कुलका शिक्षा अधिकृत व्रिगेडियर जनरल पदम बुढाको नेतृत्वमा रैनादेबी छहरा गाउँपालिकामा रहेको बल्ढेङ्गढीको शिक्षार्थीहरूले अध्ययन भ्रमण गरेका हुन् । गढीको अध्ययन भ्रमणसँगै स्थानीयको सहकार्यमा उनीहरूले रानी कुवा लगायतका क्षेत्रमा सरसफाईमा समेत गरेका छन् ।
बल्ढेङ्गढीबाट तराई, चुरे र महाभारत रेन्जको छोटो दुरीमा हिँडेर अवलोकन गर्न सकिने भएकाले पनि सैनिक दृष्टिकोणले अध्ययनको लागी सोगढी निकै महत्वपूर्ण रहेको छ ।
सदरमुकाम तानसेनदेखि झण्डै ५० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण ‘बलिहाङगढी दरबार क्षेत्र’ प्रचार प्रसारको अभावमा ओझेलमा छ । घना जङ्गलको अग्लो चुचुरोमा दरबारको भग्नावशेष, इनार, युद्ध मोर्चा, रानीवन, रानीकुवा, राजाले प्रयोग गरेको शौचालय र मन्दिर रहेका छन् ।
केही वर्ष अघि देखि त्यस क्षेत्रमा स्थानीयले देवताको मन्दिर बनाई पूजाआजा समेत गर्दे आएका छन् । विक्रम सम्वत १४५० देखि १८०९ सम्म मगरातको राजधानीको रुपमा रहेको हालको बल्ढेङगढी क्षेत्रमा अहिले बलिहाङ राजाको राजदरबारको अवशेष मात्रै देख्न पाइन्छ ।







प्रतिक्रिया राख्नुहोस्