उपनिर्वाचनका लागि राप्रपाका उम्मेदवार चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको संसदीय समितिको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरूमा उमेदवार टुंगो लगाएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्