तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा राहदानीको फारम भर्न र फोटो खिचाउने काम एकै दिन

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले राहदानीको फारम भर्न तथा फोटो खिचाउने काम एकै दिन गर्न थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।

सेवाग्राहीलाई सहज वातावरणमा राहदानी प्रदान गर्ने उद्देश्यले प्रशासन आफैले फारम भर्ने र सोही दिन फोटो खिच्न सक्ने व्यवस्था गरेको हो ।

सुरु गरिएको सेवामा अहिले तत्काल दैनिक १ सय २० जनालाई सेवा दिने र यो सङ्ख्यालाई बिस्तारै वृद्धि गर्दै लैजाने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

कार्यालयले फारम भरेर पठाएका र स्वीकृत नभएका राहदानीका साथै अन्य कामहरू अवरुद्ध कामहरूलाई चुस्त दुरुस्तताका साथ अगाडि बढाउने बताएको छ ।

सेवाग्राहीको चापलाई मध्यनजर गर्दै हाल १२० जनालाई मात्र सेवा दिइएपनि केही समयपछि यो सङ्ख्या बढाइने प्रजिअ पाण्डेले जानकारी दिनुभएको छ ।

यो सेवाले टाढाबाट आउने सेवाग्राहीलाई राहदानीकै लागि दुई÷तीन दिनसम्म होटलमा बस्नुपर्ने, आफन्त वा साथीभाइको घरमा बास बस्नुपर्ने झन्झटबाट मुक्ति दिएको छ ।

राहदानी बनाउनका लागि आइपुग्नेहरूलाई बिचौलियाले दुःख दिने गरेको र अहिले त्यो अन्त्य भएको प्रजिअ पाण्डेको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button