केही दिनमै सरकारले पूर्णता पाउँछ : अध्यक्ष यादव

धनगढी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही दिनमै सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारलाई पूर्णता दिन सत्ता गठबन्धन दलहरुबीच छलफल भइरहेको बताउनुभयो ।
सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले पार्टी भित्रबाट बारामा उपनिर्वाचन लड्नुपर्यो भनेर सल्लाह र सुझाव आएको भएपनि अहिल्यै उपनिर्वाचनमा उम्मेदवार हुने र नहुनेबारे आफू निर्णयमा पुगिनसकेको बताउनुभयो ।
उहाँले जसपा र नेकपा एकीकृत समाजवादीबीच एकताका लागि छलफल अघि बढिरहेको उल्लेख गर्नुहुँदै कारागारमा रहेका रेशम चौधरी चाँडै छुट्ने विश्वास ब्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्