तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध उजुरी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा आज नेकपा (एमाले)का सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दर्ता गराउनुभएको हो ।

संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिङ्गबाट हुनुपर्ने व्यवस्था गरेकोले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवारविरुद्ध उजुरी दर्ता गराएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले आज साँझ ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय निर्धारण गरेको थियो ।

उजुरीमाथि भोलि १२ बजेसम्म छानबिन गर्ने समय छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button