बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु

नेपालगञ्ज । बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ।
यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिन थालिएको हो ।
कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार ५५ वर्ष उमेर माथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर बुस्टर डोज दिन थालिएको छ ।
कोभिड–१९ संक्रमण भएकाहरूले पनि सङ्क्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज लिन मिल्ने श्रेष्ठले बताउनुभयो । बुस्टर मात्रा खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ।
आगामी ३० गतेसम्म बाँकेमा बुस्टर डोज लगाउने योजना छ । सोही अनुसार नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, जानकी र डुडुवा गाउँपालिकामा खोप अभियान सुरु भएको हो ।
राप्तीसोनारी गाउँपालिकामा र जानकी गाउँपालिकामा १ हजार ८सय ÷ १ हजार ८ सय, कोहलपुर नगरपालिकामा दुई हजार, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा १ हजार ५ सय÷१ हजार ५ सय, डुडुवा र नरैनापुरमा १हजार २सय÷१ हजार २ सय र नेपालगञ्ज उपमहानगरपालिकामा २ सय६ सय डोज खोप लगाउने योजना छ । सय







प्रतिक्रिया राख्नुहोस्