पुलको निर्माण कार्य तत्काल अगाडी बढाउन मन्त्री किराँतीको निर्देशन
भोजपुर । भोजपुर र उदयपुरको सिमाना दुधकोशी नदी माथिको पुल निर्माण कार्यमा ढिलासुस्ती भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती सहितको टोलीले स्थलगत अवलोकन गरेको छ ।

असोज महिनामै म्याद सकिएको दुधकोशी माथिबाट उदयपुर मैनामनी र भोजपुर चुहार जोडने पुल निर्माणमा ढिलासुस्ती भएपछि संस्कृति मन्त्री किराँती, प्रदेश सांसद विनोद बान्तवा, कोशी प्रदेशका प्रमुख इन्जिनियर र अन्य सरोकारवाला सहितको टोली पुल निर्माण स्थलमा पुगेको थियो ।

सो क्रममा संस्कृति मन्त्री किराँतीले तत्काल पुलको निर्माण कार्य सुरु गर्न सडक पूर्वाधार विभागलाई निर्देशन दिनुभयो । पुलको निर्माण कार्य गराउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको र सरोकारवाला निकायहरूमा पहल गर्ने काम तीव्र बनाएको मन्त्री किराँतीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्