तपाईँ सुन्दै हुनुहुन्छः

पाँचौँ सृजना कप : छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई उपाधि

पोखरा । पाँचौँ सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् ।

पोखरा रङ्गशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ ।

छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखरा, राजाको चौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८, १९–२५, २५–२०, १५–२५ र २५–१३ सेटमा हरायो । पहिलो सहभागितामै उपाधिसहित ब्रम्हरुपाले १ लाख पुरस्कार प्राप्त गरेको छ ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीयलाई ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

उत्कृष्ट खेलाडी छात्रातर्फ शान्त माविकी जमुना गुरुङ घोषित हुँदा छात्रतर्फ ब्रम्हरुपाका सुदीप परियार बने ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पाँचौँ सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button