सुवासचन्द्र नेम्वाङसहितको टोलीद्वारा लोसपाका नेताहरूसँग भेट
काठमाडौँ । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोली आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालयमा पुगेको छ ।
राष्ट्रपति पदका उम्मेदवार नेम्वाङसहितको टोलीले लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूलाई पार्टी कार्यालयमै पुगेर राष्ट्रपति निर्वाचनमा सहयोग गर्नु आग्रह गरेको छ ।
राष्ट्रपति पदका उम्मेदवार नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरू सहभागी हुनुभएको थियो ।
यही २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति पदका उम्मेदवार नेम्वाङले बिहीबारदेखि विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गरी राष्ट्रपति निर्वाचनमा सहयोग गर्नु आग्रह गरिरहनुभएको छ ।
उहाँले बिहीबार पनि नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग राष्ट्रपति निर्वाचनमा सहयोग गर्नु आग्रह गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्