तपाईँ सुन्दै हुनुहुन्छः

खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सभामुखको सुझाव

काठमाडौँ । सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिनुभएको छ ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले विगतमा प्रजातन्त्र र गणतन्त्रका लागि लक्ष्य बनाएर काम गरे पनि व्यवस्था परिवर्तन भएसँगै पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको उल्लेख गर्नुभयो ।

मुलुकको परिवर्तनमा विशिष्ट योगदान पुर्‍याएको पत्रकारिता क्षेत्रलाई नीतिगत र व्यवहारिक रुपमा सहयोग पुर्‍याएर अघि बढाउनुपर्नेमा जोड दिनुहुँदै सभामुख घिमिरेले संसद् र सरकारलाई प्रभावकारी तुल्याउन पनि पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button