परराष्ट्र नीति पुनरावलोकनको काम भइरहेको छ : मन्त्री डा.पौड्याल

काठमाडौँ । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम भइरहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा समसामयिक विषयमा जनाकारी गराउँदै मन्त्री डा.पौड्यालले बदलिँदो भूराजनीतिक अवस्थाका कारण परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने भएकाले नीति पुनरावलोकनको काम सुरु गरेको बताउनुभयो ।
उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई गतिशील बनाउनका लागि आफूले पहल गरेको पनि बताउनुभयो ।
परराष्ट्रमन्त्री डा.पौड्याल नेपालमा र विदेशमा रहेका नेपालीहरूका राहदानी वितरण तथा नवीकरणको काम सहज बनाउन पनि काम गरेको जानकारी गराउनुभयो ।
उहाँले अवैतनिक दूतहरू भएका ठाउँमा उनीहरुलाई परिचालन गरेर विदेशमा रहेका नेपालीको राहदानी नवीकरण गर्न सक्ने नीतिगत व्यवस्था गरेको बताउनुभयो ।
उहाँले जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को बैठकमा भाग लिने तयारी आफूले गरे पनि अन्तिम समयमा भ्रमण स्थगित भएको जानकारी समेत राष्ट्रियसभालाई गराउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नजान आग्रह गरेपछि आफूले भ्रमण रोकेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्