तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ समीकरणपछि जसपा सरकारमा जान्छ : अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनका कारणले वर्तमान गठबन्धनको सरकारमा असर पर्ने बताउनुभएको छ ।

अध्यक्ष यादवले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति निर्वाचनपश्चात् सरकार परिमार्जन हुने र जसपा सरकारमा जाने बताउनुभयो ।

अहिले परिवर्तन भएको समीकरणले सरकार पनि फेरबदल हुन सक्ने बताउँदै नयाँ समीकरणमा काँग्रेसको राष्ट्रपति र जसपाको उपराष्ट्रपति पाउने पक्का भएको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button