प्रधानमन्त्री दाहाल कैलाली आउनुहुँदै
धनगढी।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाली आउन लाग्नु भएको छ । उहाँ कैलाली र कञ्चनपुर जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री दाहालले कैलालीको गेटा मेडिकल कलेजको निरीक्षण तथा निर्देशन दिनुहुने छ । यस्तै उहाँले कञ्चनपुर स्थित दाेधाराचादनी सुख्खा बन्दरगाह, महाकाली पुल, महाकाली करिडाेरकाे अवलोकन तथा छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले महेन्द्रनगरमा पार्टी कार्यक्रमलाई सम्बोधन, महोत्सवको अवलोकन तथा अभिनन्दन ग्रहण गर्नुहुने कार्यक्रम रहेको माअाेवादी केन्द्रले जनाएको छ । उहाँ आजै काठमाण्डाै फिर्ता हुने कार्यक्रम रहेको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्