तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीका गोलरक्षकको भूकम्पमा परी मृत्यु

काठमाडौँ । टर्कीका गोलरक्षक अहमेट एयुप तुर्कासलानको भूकम्पमा परी मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

सोमबार भएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यसमा गोलरक्षक अहमेट एयुप तुर्कासलान पनि परेको क्लबले जनाएको छ ।

२८ वर्षीय तुर्कासलानले सन् २०२१ मा आबद्ध भएपछि टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button