आमसञ्चार क्षेत्रका लागि आवश्यक सहयोग गर्न आफू तयार : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभएको छ ।
आज प्रेस सेन्टर नेपालले आयोजना गरेको शोक सभामा मन्त्री शर्माले स्वर्गीय त्रिभुवन पौडेलले सानै उमेरमा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताउनुभयो ।
मन्त्री शर्माले माघ १ गते भएको विमान दुर्घटनामा परी पत्रकार पौडेललगायत मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
माघ १ गते भएको विमान दुर्घटनामा परी मृत्यु भएका पत्रकार महासङ्घका केन्द्रिय सदस्य एवं प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष त्रिभुवन पौडेल र पत्रकार अनिल शाहीको १३ औँ दिनको पुण्य तिथिमा प्रेस सेन्टर नेपालले आज शोक सभाको आयोजना गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्