तपाईँ सुन्दै हुनुहुन्छः

विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन

भक्तपुर । गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी यात्रु र चालक दलका सदस्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज भक्तपुरको पाँच तले मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरिएको छ ।

गैरसरकारी संस्था महासङ्घ, नेपाल रेडक्रस सोसाइटी, योग जिल्ला समन्वय समिति, पातञ्जल योग समिति भक्तपुर, टौमढी यूथ क्लब, मानव कल्याण समाज, हनुमन्ते नदी सफाइ अभियान लगायतका विभिन्न संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

मृतक ७२ जनाको स्मरण गर्दै उनीहरूको आत्माको चिर शान्तिको कामनासहित दीप प्रज्वलन गरेर प्रार्थना गरिएको पातञ्जल योग समितिका महासचिव नवराज काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गैसस महासङ्घ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपाने लगायतले मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button