तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारत मैत्री क्रिकेटको उपाधी कोटियालाई

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका बहादुरगंजमा युवा अमन सामाजिक विकास केन्द्रले आयोजना गरेको नेपाल भारत मैत्री पूर्ण क्रिकेट प्रतियोगिताको उपाधी कोटियाले जितेको छ ।

बहादुरगंज खेल मैदानमा भएको फाइनल खेलमा बहादुरगंज टिमलाई ७८ रनका विरुद्ध ३ विकेटले कोटिया टिमले जित हासिल गरेको हो । विजेता टिमलाई बधाइ दिदै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले खेलले व्यक्तिलाई सदैब स्वास्थ राख्दै अनुशासनमा कटिबद्ध गराउने बताउनु भयो ।

खेलकुद प्रतियोगिताले खेलाडी बिच अनुशासित र मित्रवत व्यवहारमा समेत परिर्वतन गर्ने नगर प्रमुख शाहले बताउनु भयो ।
नेपाल भारत मैत्री पूर्ण खेलको समापन सत्रमा नेपाल समाजवादी पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष रामनिवास पुरी , कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख शाकिर अहमद खाँ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button