तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुखको निर्वाचन तालिका सार्वजनिक

काठमाडौँ । संघीय संसद् सचिवालयले उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । 

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गर्नुभएको निर्वाचन कार्यक्रम अनुसार भोलि शुक्रबार दिउँसो दिउसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उपसभामुख पदमा मनोनयन दर्ता र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । 

माघ ७ गते शनिवार दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने र उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button