प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता हुँदै
काठमाडौँ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता गर्ने भएको छ ।
२६० औँ सेना दिवसको उपलक्ष्यमा आयोजित खुला म्याराथन दौड प्रतियोगिता यही माघ २८ गते गर्ने निर्णय गरेको नेपाली सेनाले जनाएको छ ।
सेनाले आज पत्रकार सम्मेलन गर्दै यसपालिको म्याराथन पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर र महिला–पुरुषतर्फ २१ किलोमिटर रहेको जनाएको छ ।
म्याराथनमा ४२.१९५ किलोमिटरतर्फ प्रथम हुनेलाई तीन लाख, द्वितीय हुनेलाई दुई लाख र तृतीय हुनेलाई एक लाख रुपैयाँ नगद पुरस्कार रहेको नेपाली सेनाले जनाएको छ ।
यस वर्ष प्रदान गरिने जम्मा पुरस्कार रकम १२ लाख ७ हजार रुपैयाँ बराबर रहेको पनि सेनाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्