तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक 

काठमाडौँ । संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । 

संघीय संसद्का महासचिव डा.भरतराज गौतमले सार्वजनिक गर्नुभएको निर्वाचन कार्यक्रम अनुसार यही माघ ४ गते दिउसो १ बजेदेखि ४ बजेसम्म सभामुख पदमा मनोनयन दर्ताको लागि समय तोकिएको छ ।

सोही दिन अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । 

यही माघ ५ गते ११ बजे प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने र उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्माणार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button